सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खाल्डोमा डुबेर एउटै घरका ४ बालिकाको मृत्यु

रौतहटको गरुडा नगरपालिका–४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ४ बालिकाको मृत्यु भएको छ । स्थानीय रामएकवाल साहकी छोरी १२ वर्षीया संगिता साह, ९ वर्षीया सुनिता साह, उनका भाईहरु योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैना साह, प्रेम साहकी छोरी ९ वर्षीया सुस्मिता साहको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

बिहान घाँस काट्न घरबाट निस्केका चारै जना बालिका दिउँसो साढे २ बजेसम्म घरमा नफर्केपछि उनीहरुको खोजी सुरु गरिएको थियो । उनीहरुको शव आफन्तले अपरान्ह ३ बजे खाल्डोमा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी गरुडाका प्रहरी निरिक्षक केशव रेग्मीले जानकारी दिएका छन ।

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा पठाईएको प्रहरी निरिक्षक रेग्मीले बताएका छन । चन्द्रनिगाहपुर–गौर सडकसंग जोडिएको पुर्वमा रहेको खानेपानी कार्यालय जोडने नयाँ खनिएको कच्ची बाटो निर्माणको क्रममा खेतमा खनिएको खाल्डोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्