श्रीमतीसँग रंगेहात भेटेपछी दुई मुक्का हानेको मरेछन
दुई हप्ता अघि धादिङमा भएको प्रहरीको असई हत्या प्रकरणका आरोपी सुशिल गुरुङ्गले आफ्नी श्रीमतीसँग राति यौन सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात भेटेपछी आफुले २ मुक्का हानेको बयान दिएका छन ।
धादिङ्गको खनियाबास गाउँपालिका अन्र्तगत दार्खामा रहेको प्रहरी चौकीका असई बीर बहादुर गुरुङको रहश्यमयी ढंगबाट हत्या भएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरेपछि आत्मसमर्पण गरेका गुरुङले यस्तो बयान दिएका हुन ।
असई बीर बहादुरको हत्या पश्चात बिभिन्न प्रश्नहरु समेत उब्जिरहेका बेला उक्त हत्या प्रकरणको मुख्य आरोपी शान्तालाल भनिने सुशील गुरुङले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि यस्तो रहस्य खुलेको हो ।
हिरासतमा रहेका सुशीलले आफुले आवेशमा आएर २ मुक्का र बाँसको अगुलोले प्रहार गरेको स्विकार गरेका छन् । सुशीलका अनुसार उनकी श्रीमति र मृतक असई बीर बहादुर गुरुङबीच यौन सम्बन्ध भईरहेको देखेपछि उक्त घटना भएको थियो ।
‘म घरमा आउँदा बुढीसँग आपत्तिजनक अवस्थामा देखेँ । त्यस्तो देखेपछि रिस कसलाई उठ्दैन र ? मैले भगाउने हिसाबले हानेको थिएँ । उहाँ भाग्नुभयो । मैले मान्छे पनि चिनेन । त्यो भन्दा अगाडी नै मेरो बुढी भागिसकेछ,’ उनले भने–‘खोजतलास गरेँ बुढी भेटाईन । मैले भोलीपल्ट मात्र मान्छे मरेको कुरा थाहा पाएँ । पुलिसको मान्छे मरेको रहेछ थाहा नै भएन ।’
प्रहरीले घटनास्थल दार्खा पुगेरै अनुसन्धान गरेपछि सई गुरुङको हत्याको आरोपमा सुशीलकी श्रीमती तारा गुरुङलाई पनि पक्राउ गरेको थियो । घटना भएको एक हप्तापछि हत्या आरोपी सुशील प्रहरीमा आत्मसपर्मण गर्न पुगेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्