प्रकाश दाहालकी पत्नीले दिईन रेणुलाई भाबुक बधाई
माओवादी नेतृ रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएकोमा उनकी भाई बुहारी सिर्जनाले बधाई तथा शुभकामना दिएकी छन् ।
श्रीमानले अर्की ल्याएपछि परिवार बाहिरै बस्दै आएकी सिर्जनाले रेणु भरतपुरको मेयरमा निर्वाचित भएको आधिकारिक घोषणा नहुँदै सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस पोस्ट गर्दै बधाई दिएकी हुन् ।
सिर्जना पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशकी श्रीमती हुन् । उनीहरुको एक छोरा छन् । औपचारिक रुपमा प्रकाश दाहाल र सिर्जना बिच अँझै सम्बन्ध बिच्छेद भएको छैन ।
मेयरमा रेणुको जितलाई सिर्जनाले धेरै समयपछिको खुसी भन्दै भेटेरै बधाई दिने मन भएको तर त्यो अधिकार आफुबाट खोसिएको बताएकी छिन । उनले फेसबुकमा लेखेकी छिन–‘दिदिसँग गला मिलाएर बधाई दिन मन थियो । तर दुर्भाग्य । त्यो अवसर म बाट खोसियो ।’
सिर्जनाले रेणुलाई ‘ढुंगाको कापमा उम्रिएको पिपलको बोट’ को संज्ञा दिँदै सँधै अरुलाई शितलता दिन आग्रह गरेकी छिन । उनले चीतवनबासी मतदाताप्रतिको धर्म नविर्सन पनि रेणुलाई सुझाव दिएकी छिन ।
मेयरमा पदमा निर्वाचित हुँदा जस्तै निस्किँदा पनि पवित्र नै रहेर निस्कन रेणुलाई आग्रह गर्दै सिर्जनाले स्वच्छता, ईमान र पवित्रतामा कसैले औँला ठड्याउन नसकोस भन्दै बधाई र शुभकामना दिएकी छिन ।
यस्तो छ सिर्जनाले रेणुलाई बधाई दिँदै लेखेको स्ट्याटस:
फेसबुकबाट कमेन्ट गर्नुहोस्