सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रदेश नम्बर २ मा पहिलो बन्ने एमालेको निष्कर्ष

नेकपा एमालेले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर दुईमा पहिलो शक्ति बन्ने निष्कर्ष निकालेको छ । विहिबार बसेको केन्द्रीय सचिवालयको बैठकमा प्रस्तुत रिपोर्टका आधारमा यस्तो निष्कर्ष निकालिएको हो ।

बैठकमा प्रस्तुत प्रदेश नं. २ का ८ जिल्लामा खटिएका पार्टीका केन्द्रीय पदाधिकारीहरुले बनाएको रिपोर्टमा उक्त प्रदेशमा एमालेका पक्षमा परिस्थिति सकारात्मक बन्दै गएको, पार्टीपंक्ति उत्साहजनक ढंगले परिचालित भएको, एमालेमा प्रवेशको माहोल सिर्जना भएको, भेला, बैठक, छलफल, अन्र्तक्रिया लगायतका गतिविधिहरु तीब्र ढंगले अगाडि बढिरहेको, एमालेको विजयका निम्ति पार्टी पंक्ति एकताबद्ध भएर संकल्प गरिरहेको उल्लेख छ ।

सोही रिपोर्टका आधारमा पछिल्लो परिस्थितिमा आइरहेको सकारात्मक अवस्थाले प्रदेश नं.२ मा एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने कुरामा पार्टीले विश्वास लिएको सचिव योगेश भट्टराईले जानकारी दिएका छन ।

साथै बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधिहरु, मोर्चा संगठनका नेताहरु लगायतलाई प्रदेश नं. २ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारीसहित खटाउने निर्णय गरेको छ ।

यस्तै, प्रदेश नं. २ का सबै पार्टी कमिटी, जनसंगठन र पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन पनि गरेको सचिव भट्टराईले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS