सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जग्गा प्लटिङमा रोक, बढ्ने भो घडेरीको मुल्य

जग्गा दलालहरुले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिइ दलालहरुले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो ।

मन्त्रालयले अब कुनै पनि जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न/गराउन नपाइने जानकारी गराएको छ । बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अब जग्गा कारोबार गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिइ वा नलिइ कृषियोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री वितरण वा कित्ताकाट गर्न नपाउने बताएका छन ।

सरकारले जग्गा प्लटिङमा रोक लगाएपछि अब ससाना टुक्रे जग्गाको मूल्य आकाशिने देखिएको छ । सचिव देवकोटाका अनुसार जग्गाधनीले एउटा सिंगो जग्गालाई एक आर्थिक वर्षभित्र एक पटकभन्दा बढी कित्ताकाट गरी विक्री वितरण गर्न पाइने छैन । जग्गालाई टुक्राएर एक पटकमा दुई कित्ताभन्दा बढी बनाउन पाइने छैन ।

सगोलका अंशियारबीच अंशबन्डा हुँदा र अदालतको फैसला बमोजिम कित्ताकाटमा रोक नलाग्ने जानकारी देवकोटाले दिएका छन । मन्त्रालयको यो निर्णयसँगै जग्गा दलालीहरुको भागाभाग हुन थालेको छ । जग्गा कारोबार नहुने भएपछी दलालीहरु घर न घाटका हुने देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS