सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिन्धुलीमा पहिरोले एकै परिवारका ४ को ज्यान लियो

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । आज शनिबार बिहान ४ः२० बजेतिर गएको पहिरोले उदयबहादुर खड्काको परिवारका ४ जनाको ज्यान लिएको हो ।

पहिरोमा परि उदय बहादुर खड्काकी श्रीमती दुर्गा खड्का, उनका छोरा अनिज र मनिष र छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंहले जानकारी दिएका छन ।

पहिरोमा पुरिएका उदयबहादुर खड्कालाई भने सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्