सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमाले दुखी र कांग्रेस खुशी हुनुुपर्दैन – प्रचण्ड

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले माओवादीलाई साथमा लिएर एमालेलाई देखाईदिउँला भन्ने नसोच्न कांग्रेसलाई सचेत गराउनुभएको छ । सरकार परिवर्तन भईहालेमा एमाले दुखी हुनुपर्नेे र कांग्रेस खुशी भईहाल्नुपर्ने कुनै कारण नभएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सरकार परीवर्तनको विषयलाई हल्का रुपमा नलिन आग्रह गर्दै सहमतिय सरकार बन्छ भने त्यसलाई सबै पार्टीले स्वीकार गर्नुपर्ने बताउनु भएको छ । काभ्रेको उग्रचण्डीमा सहिद रामेश्वर श्रेष्ठ र भीमसेनदास दाहालको स्मृतिमा बनेको सहिद गेटको उदघाटन गर्दै प्रचण्डले माओवादी शान्तिप्रक्रियाको एक पक्ष भएकाले माओवादीको नेतृत्वमा सहमतिय सरकार बन्छ भने माओवादी त्यसका लागी तयार रहेको बताउनु भएको छ ।

प्रचण्डले सहिदगेट उद्घाटन गर्न जानुपूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग २ घण्टा वार्तालाप गर्नुभएको थियो । सोही कार्यक्रममा एमाले नेताहरुले दाहाल सरकार परिवर्तन गराउने खेलमा लागेको स्मरण गराउँदा जवाफमा दाहालले “सरकार बनाउने र गिराउने खेलले देशलाई फाईदा नपु¥याउने” भन्दै राष्ट्रिय सहमतीको सरकारमा जोड दिनुभएको छ ।

Prachanda at Kavre ugrachandi

प्रचण्डले वक्तव्यका क्रममा जसले सहमतीमा त्याग गर्न सक्छ, उसलाई नै इतिहासले सम्झने र जनताले सम्मान गर्ने बताउनुभयो । कसैले सहमतीमा विमती जनाउँछ भने एजेण्डाका आधारमा सहमति कायम गर्नुपर्ने दाहालको तर्क रहेको छ ।

संविधान कार्यान्वयन, भूकम्प प्रभावितहरुलाई राहत, पुनर्निर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने लगायतका चुनौतिको सामना गर्नका लागी पनि सहमतिय सरकारको आवश्यकता रहेको अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष दाहालले संविधान कार्यान्वयन नभए देश बर्बादीतर्फ जाने आशंका व्यक्त गर्नुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्