सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुर्खेतमा पहिरोले घर पुर्दा एकै परिवारका ३ को मृत्यु

शुक्रबार राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका ३ जनाको निधन छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ६ को सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर बगाउँदा सिन्दुरखोला गाउँका ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति १२ बजेतिर गएको पहिरोले घर बगाएर उनीहरुको मृत्यु भएको बताईएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज विहान मात्रै निकालेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्