भब्य भयो नागोयामा दर्शन समाजको तीज धमाका
जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले शनिबार हरितालिका तीजका अवसरमा आयोजना गरिएको कार्यक्रम ‘तीज बिशेष धमाका–२०१७’ भब्य रुपमा सम्पन्न गरेको छ ।
परदेशमा रहेका महिला दिदिबहिनिलाई तीजको झल्को मेटियोस र आपसी भेटघाट होस भन्ने उद्देष्यले तीज बिशेष कार्यक्रम आयोजना गरिएको दर्शन समाज जापानका अध्यक्ष सुरज मल्लले बताएका छन ।
तीज बिशेष धमाकामा गायक मनोज केसीले तीज बिशेष गितहरु गाएर उपस्थित नागोयाबासीलाई छमछमी नचाएका थिए । कार्यक्रममा रेश्मी खाँण, पुजा अर्याल लगायतले धमाकेदार नृत्य गरेर सहभागीहरुलाई मनोरंजन प्रदान गरेका थिए ।
ज्योती मल्लले संचालन गरेको तीज बिशेष धमाका कार्यक्रममा गल्कोट समाज जापानका पुर्व अध्यक्ष मोहन खत्री प्रमुख अतिथीका रुपमा थिए । त्यस्तै अतिथिका रुपमा चितवन समाज नागोयाका अध्यक्ष रामु खरेल, एनआरएनए नागोयाका पुर्व उपाध्यक्ष अर्जुन केसी, दर्शन समाज जापानका सल्लाहकार पदम मल्ल लगायत बिभिन्न संस्थाका प्रतिनिधी रहेका थिए ।
कार्यक्रम नागोयाको हिगासीगामायासिकिमा रहेको अभियान ईन्डियन एण्ड नेपाली रेष्टुरेन्टमा भएको थियो । तीज बिशेष धमाका कार्यक्रमलाई अभियान रेष्टुरेन्टका संचालक मनोज बम मल्लले व्यवस्थापन गरेका थिए । कार्यक्रममा कलाकारहरुलाई सम्मान स्वरुप प्रशंसा-पत्र समेत प्रदान गरिएको थियो ।
दर्शन समाज जापानले यही अगष्ट १९ तारीखमा टोक्योमा पनि तीज बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम सिनओकुबोस्थित नमस्ते गित गजलमा साँझ ५ बजेदेखी ११ बजेसम्म हुनेछ । कार्यक्रममा बिभिन्न गित तथा नृत्यहरु प्रस्तुत गरिने दर्शन समाज जापानका अध्यक्ष सुरज मल्लले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्