बाढिपहिरोमा मृतकको संख्या ५१ पुग्यो, ३ दर्जन बेपत्ता
तिन दिन देखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न भागमा गएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । यो समाचार तयार पार्दासम्म बाढी पहिरोमा परी १७ जना घाइते भएको र ३६ जना वेपत्ता भएका छन ।
गृहमन्त्रालयले दिएको जानकारी अनुसार बर्षाका कारण तराईका ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । गृहमन्त्रालयका अनुसार १ हजार घरमा क्षति, ३४ अन्य भौतिक संरचना नस्ट भएका छन् । त्यस्तै ३ सय ९७ पशु चौपाया मरेको गृहले तथ्यांकमा उपलब्ध गराएको छ । हजारौं परिवार विस्थापित भएका छन् ।
गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार बाढी, पहिरो र डुवानमा परी सुनसरीमा ८, मोरङमा ६, पाँचथरमा १, झापामा ३, सर्लाहीमा २, बारामा १, मकवानपुरमा २, सिन्धुलीमा ४ र चितवनमा २ जनाको मृत्यु भएको छ । त्यस्तै रौतहटमा ९, धनुषामा १, पाल्पामा १, कपिलवस्तुमा १, दाङमा ३, बाँकेमा ३, सुर्खेतमा ३ र बर्दियामा १ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो र डुवानमा परी मृत्यु हुने र हराउनेको संख्या अँझै बढ्न सक्ने उद्दारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन । यो आधिकारीक रुपमा गृहमन्त्रालयमा आएको तथ्यांक मात्रै हो । क्षतिको अन्य विस्तृत विवरण संकलन हुन भने अँझै समय लाग्ने गृहले जनाएको छ ।
पछिल्लो समय चितवनमा नारायणी नदिको पानिको बहाव उच्च भएको छ । नदीको बहाव खतराको चिन्हभन्दा माथी पुगेको छ । नारायणी नदी आसपासका मानिसलाई सुरक्षित स्थानमा सारीएको छ । नदी आसपासका ५०० घर डुवानमा परेको बताईएको छ ।
सौराहामा डुवानमा फसेका पर्यटकहरुलाई हात्ति र डुंगाको माध्यमबाट उद्दार गरेर सुरक्षित स्थानतर्फ सारीएको छ । बाढीले बगाएर अबरुद्ध बनेको पुर्वपश्चिम राजमार्ग अन्र्तगतको दाउन्नेको सडक दुई दिनपछी एकतर्फी रुपमा सुचारु भएको छ ।
बाढिपहिरोले पुवी नेपाल विद्युतबिहिन, मध्यमाञ्चल पनि प्रभावित
लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले गर्दा पूर्वका सबै जिल्लामा विद्युत आपूर्ति ठप्प भएको छ । मध्यमाञ्चलका पनि अधिकांश जिल्लामा विद्युत आपुर्ति हुन नसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीका कारण झापास्थित दमक–गोधक खण्डको १३२ केभीको लाइन अन्तर्गत चुलाचुलीमा रहेको टावर नं. १७ ढलेको छ । हेटौंडा सवस्टेसन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ केभीको टावर पल्टिन लागेकाले औद्योगिक फिडर सर्किट नम्बर १ र २ बन्द गरिएकोे छ ।
साथै दुहवी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएको हुँदा २७ गते बिहानबाट बन्द गरिएको छ । चपुर–पथलैया १३२ के.भी. सर्किट नम्बर २ पनि २७ गते रातिदेखि सञ्चालनमा छैन ।
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–चपुर १३२ केभी सर्किट नम्बर १ पनि २७ गतेदेखि बन्द भएको बताएका छन । बालाजु–त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २ पनि २७ गते रातिबाट सञ्चालनमा आउन सकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्