जापानमा रोजगार र एजुकेन निति खुकुलो
जापान सरकारले विदेशी विद्यार्थीहरुको रोजगार र स्थायी बसोवास अनुमति सम्बन्धी नितिमा परिवर्तन गर्ने घोषणा गरेको छ । जापान सरकारले गरेको घोषणा अनुसार विदेशी विद्यार्थीको रोेजगार दरलाई ५० प्रतिसत पुर्याईनेछ भने स्थायी बसोबास अनुमति (एजु) प्राप्त गर्ने अवधी ५ वर्ष बनाईने बुझिएको छ ।
जापानमा अध्ययनरत विद्यार्थीको रोजगारी दर हाल ३० प्रतिसत रहेको छ । विदेशी विद्यार्थीको हकमा हाल २८ घण्टा काम गर्न पाउने कानुनी व्यवस्था रहेको छ । स्थायी बसोवास अनुमति (एजु) लिनका लागी १० बर्ष जापान बसेको हुनुपर्ने व्यवस्था छ । स्थायी बसोबास अनुमतिको निवेदन दिनका लागी पाँच वर्ष अनिवार्य काम गरेको हुनुपर्ने नियमलाई संशोधन गरि छोटो पारिने भएको छ ।
सन् २०१६ को आधारभूत आर्थिक व्यवस्थापन सम्बन्धी योजना र नीतिको मस्यौदा माथि छलफल गर्न बसेको आबे सरकारको दशौं काउन्सिल वैठकले यस्तो निर्णय गरेको हो । यदी सरकारको यो निति पारीत भएमा विदेशी विद्यार्थीले हाल २८ घण्टा काम गर्न पाउने समयावधी बढ्ने छ । सरकारको यो निर्णय पारीत हुन भने बाँकी नै छ ।
यदी सरकारको यो निति पारीत भएमा विदेशी विद्यार्थीलाई राहत मिल्नेछ । सरकारको यो कदमले जापानमा अध्ययनरत नेपाली विद्यार्थी पनि लाभान्वीत हुनेछन । सरकारको यो निर्णयलाई जापानमा बसोबास गरेका विदेशीहरुले क्रान्तिकारी निर्णय भन्दै स्वागत गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्