सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एउटा दर्दनाक तश्विर, कोशीमा बहाउँदै बालकलाई

लगातारको बर्षाले देशका बिभिन्न भागमा बाढी, पहिरो र डुबानमा परी ७० भन्दा बढिले ज्यान गुमाईसकेका छन । बाढी पहिरोमा परी बेपत्ता हुनेहरुको संख्या पनि ३ दर्जन भन्दा बढि भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

बर्षाका कारण सबैभन्दा धेरै तराईका जिल्लाहरु प्रभाबित भएका छन । तराईको अबस्था यस्तो सम्म बनेको छ कि, बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाएकाको अन्त्येष्टि गर्ने ठाउँसम्म छैन । जमीन डुबानमा परेर जलमग्न भएपछी ज्यान गुमाउनेको लास गाड्ने जमिन समेत छैन ।

यस्तै एउटा दर्दनाक पिडा सप्तरीको कोइलाडी वडा नम्बर ६ मा देखिएको छ । कोइलाडी ६ का ८ वर्षीय कमल सदाको अन्त्येष्टिका लागी गाड्ने जमीन नभएपछी कोशी नदीमा बहाउँदै गरेको दृष्यले दुनियाँलाई भावबिब्हल बनाईदिएको छ ।

निरन्तर वर्षाले विरामी भएर आइतबार मृत्यु भएपछी जलमग्न भएको गाउँमा परम्परा अनुसार कमलको शव पुर्ने ठाउँ नपाएपछी परिवारले कोशी नदीमा बहाईदिने निर्णय गरेका थिए ।

तस्वीरमा देखिएका देवकुमार सदा मृतक बालक कमल सदाका काका हुन् । उनले कमलको शवलाई कोशीमा बहाइदिएका हुन । यो तस्वीर युरोपियन प्रेस एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन् । अहिले सामाजीक संजाल र अन्र्तराष्ट्रिय संचार माध्यममा यो तस्विर भाईरल बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्