खुलासाः कोशी बाँध उच्च बनाउन भारतको दबाब
भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब दिएको भए पनि त्यसलाई अस्वीकार गर्न विज्ञहरुले सल्लाह दिएका छन् ।
दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरुका औपचारिक तथा अनौपचारिक भ्रमण र प्रवुद्ध समूहका बैठकमा भारतीय पक्षले उच्च बाँध निर्माण कार्य थाल्न दबाब दिने गरेको छ ।
नेपाल भारत प्रवुद्ध समूहका सदस्यसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले यसअघिकै सर्बेक्षणअनुसार कोसी उच्च बाँध बनाउन बारम्बार दबाब आएको खुलासा गरेका छन ।
‘हामी नेपालीको अहितमा रहेको कोसी उच्च बाँध बनाउन भारतले बारम्बार दबाब दिँदै आएको छ,’ उपध्यायले भने–‘उसको स्वार्थ अनुसार बाँध निर्माणको सर्वेक्षण भएको हो । हामीले यसलाई अस्वीकृत गरेर कोशी ब्यारेजकै संरचनालाई पुनर्निर्माण गर्नुपर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्