सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाढीले बगाएका ४ नेपालीको शव जोगबनिमा

बाढीले बगाएको थप ४ जना नेपालीको शब भारतको जोगवनीमा भेटिएको छ । भारतको जोगबनिमा बाढीले बगाएको अवस्थामा ८ जनाको शब भेटिएको ४ जना नेपालीको शब भएको खुल्न आएको हो ।

पछिल्लो समय नेपालमा आएको बाढीले बगाएकाहरुको शव भारतीय क्षेत्रमा भेटिन थालेको छ । हिजो तीन नेपालीको शव जोगवनी रेल वे स्टेशन नजिक भेटिएको थियो ।

मंगलबार भारतको जोगबनिमा ८ शव भेटिएकोमा चार ओटा शब नेपालीको भएको खुल्न आएको मोरङका एसपी अरुण बीसीले जानकारी दिएका छन । यससँगै बाढी कारण मोरङमा मात्र मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्