चीनको १० लाख अमेरिकी डलर आपत्कालिन सहयोग
चीनले बाढीपहिरो पिडितको सहयोगार्थ नेपाल सरकारलाई आपत्कालिन सहयोगका रुपमा १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने भएको छ ।
नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय वार्ताका क्रममा उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपालको प्रतिनिधित्व गरेका छन् ।
वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी भएका छन् ।
लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्