सशस्त्र प्रहरीमा २५०० जना माग (विज्ञापन र फारमसहित)
सशस्त्र प्रहरीले २५ सय जनाको लागी आवेदन खुला गरेको छ । मंगलबार एक सुचना सार्वजनिक गर्दै सशस्त्र प्रहरी बलले प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार, चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरेको हो ।
सशस्त्रले सबैभन्दा धेरै प्रहरी जवानतर्फ २३०० जनाको माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २ सय १९ जना माग गरिएको छ भने बाँकी ३ सय ३१ जना आदिवासी जनजाति, मधेसी २ सय ९०, दलित १ सय ५५, पिछडा वर्ग ५२ जना र अमर तथा अशक्त सशस्त्र परिवारको परिवारका लागि ४६ ओटा कोटा छुट्टाइएको छ ।
त्यस्तै सशस्त्रले भान्छेमा १ सय ७ जनाको माग गरेको छ, भान्छेमा ५७ जना खुलातर्फबाट माग गरिएको हो । त्यस्तै केशकर्तक २५, सुचिकार १५, चर्मकर्मी २० र कुचिकारमा ३५ जना माग गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्