सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा पहिलो पटक तीज गित प्रतियोगिता

 

जापानको टोकियोमा पहिलो पटक तीज गीत प्रतियोगिता हुने भएको छ । प्रतियोगीता यही अगस्ट २१ तारीखमा टोकियो रोधी घरमा हुन लागेको हो । जापानमा रहेका चर्चित कलाकारको अग्रसरतामा यूनिक मल्टीमीडियाले सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

सो प्रतियोगितात्मक कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन ४ जनाको टीम उपस्थित हुनु पर्ने छ ।

प्रतियोगितामा मौलिक तीज गीत प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता साँझ ६ बजेबाट सुरु हुने जनाइएको छ । टीम दर्ताको लागी यही अगस्त २० तारीख सम्मको मिति तोकिएको छ । टीम दर्ता गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्