यसपाली दर्शन समाजको तीज बाढीपिडितका नाममा
बाढी पिडितको सहयोगार्थ दर्शन समाज जापानले भोली शनिबार टोक्योमा तीज बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । यसअघि नै तय भईसकेको तीज धमाका–२०१७ कार्यक्रमको शैली परिवर्तन गरी दर्शन समाजले यसपालीको तीजलाई बाढी पिडितको सहयोगका लागी उपयोग गर्ने भएको छ ।
दर्शन समाज जापानका अध्यक्ष सुरज मल्लका अनुसार तय भईसकेको कार्यक्रमलाई रद्द गर्नुभन्दा कार्यक्रमलाई बाढिपिडितको सहयोगार्थ उपयोग गर्ने उद्देष्यले शैली परिवर्तन गरिएको हो । कार्यक्रममा हुने अनावश्यक खर्चलाई कटौती गरी उठेको रकम बाढी पिडितका लागी संकलन गरिने अध्यक्ष मल्लले बताएका छन ।
सिन्जुकुस्थित नमस्ते गित गजल रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रम साँझ ५ बजेदेखी ११ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ । आयोजक दर्शन समाज जापानले टोक्योबासी सबै नेपालीलाई कार्यक्रममा सहभागी भई बाढी पिडितको सहयोगार्थ सकेको सहयोग गर्न अपिल गरेको छ ।
दर्शन समाज जापानका अनुसार हालसम्म अर्जुन हमालले १००००, प्रदिप सेन ठकुरीले १००००, राहुल शाहीले ११०००, भरत मल्लले १००००, गिरिराज शाहले ५०००, शोभाखर न्यौपानेले १००००, रोहित बिक्रम शाहीले १११११, राम मल्लले १०००० सहयोग गरिसकेका छन ।
त्यस्तै सुरज मल्लले १००००, भुवन सिंहले १००००, कृष्ण मल्लले १००००, निरञ्जन हमालले ३०००, लक्ष्मी शाहले २०००, रुखमणी हमालले ५००० र रमिला ठकुरीले ५००० सहयोग गरेका छन । सहयोग उठ्ने क्रम जारी रहेको दर्शन समाज जापानले जनाएको छ ।
दर्शन समाज जापानले देश विदेशमा बस्ने सबैलाई बाढी पिडितलाई आफ्नो ठाउँबाट सकेको सहयोग गर्न आग्रह गरेको छ । दर्शन समाज जापानका अध्यक्ष सुरज मल्लका अनुसार सहयोग रकम ठकुरी समाज महासंघ मार्फत बाढी पिडितहरुलाई पठाईने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्