सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको मायबाशिमा नेपाली बिध्यार्थीद्वारा आत्महत्या

जापानको गुन्माकेन अन्तर्गत पर्ने मायाबासीमा सेनमोन गाक्को अध्ययनरत नेपाली बिध्यार्थी अनिता गौतमले आत्महत्या गरेको दुखद समाचार प्राप्त भएको छ । मायबासी स्थित ओमोते नासी सेनमोन गाक्कोमा अध्यनरत अनिता गौतमले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको माएबासिबाट भेषम न्यौपानेले जानकारी दिएका छन ।

गौतम शुक्रबार देखि सम्पर्कबिहिन रहेको भन्ने जानकारि आफुले पाएको मायबासिमा ब्यबसाय गर्दै आएका भेषम न्यौपानेले बताएका छन । कोठामा एक्लै बस्दै आएकी गौतमको कोठा भन्दा माथिल्लो तलामा बस्ने नेपाली कोठामा जाँदा उनलाई झुन्डिएको अबस्थामा देखेपछी उनले नै प्रहरीलाई खबर गरेको न्यौपानेले बताएका छन ।

जापान प्रहरीले उनको दुई दिन पहिले नै मृत्यु भैसकेको जनाएको छ । नेपालमा उनको घर पुर्व ईटहरिमा भएको बुझिएको छ । तीन बर्ष अघि अध्ययनका सिलसिलामा जापान आएकी गौतमले के कति कारणले आत्महत्या गरेकी हुन भन्ने कुरा खुलेको छैन ।

गौतमको शब पोस्टमार्टमको लागि जापान प्रहरीले लिएर गएको छ । आत्महत्याको थप बिवरण पोस्टमार्टमपछी मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

एक हप्ता अघि मात्रै तोचिगीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दिवाकर लोहनिको घटना सेलाउन नपाउदै अनिता गौतमको आत्महत्याले जापानबाशी नेपालिमा चिन्ता थपिदिएको छ । पछिल्लो समय जापानमा नेपालिहरुले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्