सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

खानीडाँडा बस दुर्घटनामा २ को मृत्यु, २१ घाईते

धनगढीबाट डोटी जाँदै गरेको बस कैलालीको खानीडाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागी अत्तरीयास्थित पद्मा अस्पतालमा लगिएको छ ।

धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस आज दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका वडा नं. ५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका वडा नं. ५ की ४८ वर्षीया दुर्गा देवी मल्ल रहेका छन् ।

अत्तरीया स्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछी १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको छ । २५ जना यात्रु रहेको बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS