सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बावुराम भट्टराईका सारथी पौडेल माओवादी केन्द्रमा

बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेका देवेन्द्र पौडेल सहित १८ जनाको समूह आज औपचारिक रुपमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

कार्यकर्ता भेलाबाट तयार पारीएको राजनीतिक दस्तावेज माओवादी केन्द्रका अध्यक्ष दाहाललाई हस्तान्तरण गरेर देवेन्द्र पौडेलले पार्टी प्रवेश गरेका थिए । यसलाई नयाँ शक्ति पार्टी नेपाल र माओवादी केन्द्रबीचको ध्रुविकरणको संज्ञा दिइएको छ ।

यसअघि परिवर्तनकारी शक्तिहरुबीच वृहत ध्रुविकरण आवश्यक रहेको भन्दै देवेन्द्र पौडेलको नेतृत्वको समूहले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको साथ छाडेको थियो । केन्द्रदेखि तल्लो तहसम्मका नेता कार्यकर्ताको व्यवस्थापनका लागि केन्द्रदेखि सातवटै प्रदेशहरुमा कार्यदल गठन गरिएको छ ।

केन्द्रमा रामबहादुर थापा बादलको नेतृत्वमा संयोजन कार्यदल बनेको छ । कार्यदलमा देवेन्द्र पौडेल, परशुराम तामाङ, मातृका यादव, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार आले, पासाङ शेर्पा, विश्वभक्त दुलाल र विप्लव निकट नेकपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पदम खड्का ‘जीवन’ छन् ।

यसैगरी प्रदेश नम्बर १ मा गोपाल किराँती, सावित्री काफ्ले, पासाङ शेर्पा र टेकमान राई छन् । प्रदेश नम्बर २ मा विश्वनाथ साह, महेन्द्र पासवान, जुवेद अन्सारी र हरि चौलागाईं तथा प्रदेश नम्बर ३ मा कुमार पौडेल, हितमान शाक्य, अमरध्वज लामा र झक्कु सुवेदी छन् ।

यस्तै प्रदेश नम्बर ४ मा हरि अधिकारी, बलावती शर्मा, देव गुरुङ र भानु अधिकारी तथा प्रदेश नम्बर ५ मा वर्षमान पुन, पूर्ण घर्ती, बामदेव क्षेत्री र सुशीला श्रीपाइली छन् ।

यस्तै ६ नम्बर प्रदेशका गठित संयोजन कार्यदलमा शक्ति बस्नेत, माया प्रसाद शर्मा, रत्न रानामगर र बलराम पुन तथा सात नम्बर प्रदेशमा लेखराज भट्ट, लक्ष्मण जोशी, ललित ठगुन्ना र रविन्द्र सुनार कार्यदलमा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS