मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
रामेछापको दोरम्वा गाउँपालिकामा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
दोरम्वा गाउँपालिका वडा नं. ३ का ३५ वर्षे ढकबहादुर बुढाको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ससुरा विरामी भएपछि हेरचाह गर्न दोरम्वा–६ मा रहेको ससुराली घरमा पुगेका बुढाले मंगलबार राती मोवाइल चार्जमा राखेर सुतेका थिए ।
राति बत्ती गएपछि पुनः विहान मोवाइल चार्जमा राख्न खोज्दा उनलाई करेन्ट लागेको बताइएको छ ।
बुढालाई उपचारका लागि काठमाडौंमा रहेको शिक्षण अस्पतालमा लगे पनि डाक्टरले मृत घोषणा गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्