फ्रान्सलाई हराउँदै पोर्चुगल युरोकपको विजेता
युरोकप आयोजक राष्ट्र फ्रान्सलाई हराउँदै पोर्चुगल युरोकप २०१६ को विजेता बनेको छ । अतिरिक्त समयको १०९ औं मिनेटमा एडेरले गोल गरेपछी युरोकपको उपाधी पोर्चुगलको पल्लाभारी भएको हो ।
चोटका कारण खेल सुरु भएको २५ मिनेटमै कप्तान क्रिष्टियानो रोनाल्डोलाई मैदानबाट गुमाए पनि पोर्चुगलले उपाधी हात पारेरै छाडेको छ । युरोकपको ईतिहाँसमा पोर्चुगलले उपाधी हात पारेको यो पहीलो पटक हो । पोर्चुगलको अन्तराष्ट्रिय उपाधि जितेको पनि यो पहीलो पटक हो ।
सोमबार बिहान भएको फाईनल खेलमा घरेलु टिम फ्रान्सलाई १० गोल अन्तरले पराजीत गरेपछी विश्वभर रहेका पोर्चुगल समर्थकहरुमा खुशियाली छाएको छ । घुँडाको चोटका कारण कप्तान रोनाल्डो रुँदै मैदानबाट बाहीरीएपनि पोर्चुगलले उनको अनुपस्थितिको वापजुद पनि उपाधी कब्जा गरेको छ ।
पोर्चुगलले ४१ बर्षपछी फ्रान्स बिरुद्ध सानदार जित हाँसील गरेको हो । पछिल्ला १० खेलमा पोर्चुगल पराजित हुँदै आएको थियो । सन् १९७५ को मार्चमा पोर्चुगल पछिल्लो पटक विजयी बनेको थियो । २००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।
एकपछि अर्को खेलमा सुधार गरेको पोर्चुगलले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ । र, क्लब फुटबलमा सबै सफलता हात पारेका रोनाल्डोले अन्ततः देशका लागि ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्