दिल्लीमा देउवा, मोदीको सरप्राईज ‘वार्मअप भेटवार्ता’
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै भेटवार्ता हुने भएको छ । यसलाई ‘वार्मअप’ भेट भनिएको छ ।
प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा आज बुधबार नयाँ दिल्ली पुगेका छन् । देउवाले दिल्लीस्थित नेपाली दूतावासमा पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन गरेका छन ।
भोलि विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र देउवाका औपचारिक भेटवार्ताहरु सुरु हुनेछन । तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी देउवालाई ‘वार्मअप’ मिटिङको प्रस्ताव गरेका छन ।
देउवा र मोदीबीच हुने भनिएको वार्मअप भेटवार्ताको स्थान भने खुलाइएको छैन । प्रधानमन्त्री देउवा र मोदीबीच भोलि हैदराबाद हाउसमा ३० मिनेट वान टु वान भेटवार्ता गर्ने कार्यतालिका छ ।
लगत्तै दुई देशको प्रतिनिधिमण्डलबीच एकघन्टा वार्ता हुनेछ र केही सम्झौतामा हस्ताक्षर हुनेछन । दिल्ली भ्रमनको अवधीभर देउवा र पत्नी आरजु विशिष्ट पाहुनाको रूपमा राष्ट्रपति भवनमा बस्नेछन् । भ्रमण दलका अरू सदस्यहरू भने ताज होटलमा बस्नेछन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्