जनकपुरमा एमाले नेता माधव नेपालमाथी ढुंगामुढा
प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजपालाई आउने चुनावमा जमानत जोगाउनेतर्फ केन्द्रित हुन सुझाव दिएका छन् ।
आफू विरुद्ध नाराबाजी गर्दै ढुंगा प्रहार गर्ने राजपा कार्यकर्ताहरुलाई संकेत गर्दै नेपालले भने–‘मधेस एमालेको जन्मभूमी र कर्मभूमि हो । अरुलाई निषेध गरेर कसैको राजनीति सफल हुँदैन । हामीलाई रोक्न खोज्नेहरुले आउने चुनावमा २ नम्बर प्रदेशमा जमानत जोगाउनतर्फ लागे बेस हुन्छ ।’
नेपालले सम्बोधन गरिरहँदा जनकपुरको पिडारी चोकमा राजपाका जिल्ला नेताहरुको नेतृत्वमा नाराबाजी र ढुंगामुढा गरिएको थियो । उनीहरुले एमाले र माधव नेपाल विरुद्ध नारा लगाउँदै टायर समेत बालेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्