सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकार परिवर्तनको खेल व्याट्रीबाट सञ्चालीत

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिर खेल खेलेर नेपालको स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न चेतावनि दिनुभएको छ । सँधै उखान टुक्काले हसाउँदै विषयवस्तुलाई बुझ्न सहज बनाउने ओलीले गम्भीर मुद्रामा प्रस्तुत हुँदै नाकाबन्दीको लडाँईमा चर्को अभावका बिच देखाएको देशभक्तिले नेपालीले अन्याय सहँदैनन् भन्ने प्रस्ट भएको बताउनुभएको छ ।

नाकाबन्दीका बेला राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम कांग्रेस र माओवादीलाई प्रयोग गरेर आफ्नो नेतृत्वको सरकार परिवर्तन गर्न खोजिएको प्रधानमन्त्री ओलीले दाबी गर्नुभएको छ । नेपालको स्वाधिनताका पक्षमा दृढ वर्तमान सरकारबाट आफ्ना स्वार्थ पुरा नहुने भएपछी विभिन्न पक्ष सरकार परिवर्तनको खेलमा सामेल भएको ओलीको ठम्याई छ ।

नेकपा माओवादीले सरकारबाट बाहिरिएर नेपाली कांग्रेससँग मिलेर नयाँ वर्तमान सरकारबाट बाहिरीएर माओवादीले कांग्रेससँग नयाँ सरकार गठनको कसरत गर्नुका पछाडि बाह्य शक्तिको हात रहेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभएको छ । प्रधानमन्त्री वलीले सरकार परिवर्तनको यो खेल स्वचालीत नभई व्याट्रीबाट सञ्चालीत भएको बताउनु भएको छ ।

माओवादी सरकारबाट बाहिरिएपछि भारतीय राजदूतावासमा भोज आयोजना भएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री वलीले रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले बिहीबार आयोजना गरेको राष्ट्रिय सुरक्षा सम्बन्धी कार्यक्रममा यस्तो अभिव्यक्ति दिनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो–‘सरकारबाट बाहिरीने माओवादी अनि उफ्रिने, खुसी हुने, भोज खाने चाहीँ विदेशी दुतावासमा । यो के हो, सबैले टुलुटुलु देखिराख्नुभएको छ ।’

सरकार परिवर्तनका मिटिङहरु आफ्ना आफ्ना बीचमा भए पनि हुन्थ्यो भन्ने धारणा प्रधानमन्त्री ओलीको छ । देशभित्रका आन्तरीक कुरा अलि बढी स्वचालित र व्याट्रीबाट चल्ने खालको स्थिति देशका निम्ति दुःखद कुरा भएको प्रधानमन्त्री वलीले बताउनु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्