सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गृह राज्यमन्त्री श्रेष्ठको गाडीमा गुण्डाको सवारी

५० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएर प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ रेकर्ड कायम गरेका छन् । अनाबश्यक मन्त्री थपिँदा राज्यको फजुल खर्च त छँदै छ, यसले राज्यसंयन्त्रमा कसरी कुशासन बढाउँछ भन्ने उदाहरण समेत देखिन थालेको छ ।

गृहमन्त्री जनार्दन शर्मा गुन्डागर्दी नियन्त्रणका लागि निर्देशन दिइरहेका छन् तर उनका गृहराज्यमन्त्री भने आफ्नो गाडीमा गुन्डागर्दीमा संलग्न व्यक्तिलाई लिएर हिंड्ने गरेका छन् ।

गृहराज्यमन्त्री भए लगत्तै रामेछापका सांसद श्याम श्रेष्ठ जिल्लामा आफुले जे भन्यो त्यही मान्ने डीएसपी लैजान तल्लीन छन् । त्यो पनि प्रहरीको गुन्डागर्दीको सूचीमा रहेका व्यक्तिको सिफारीसमा ।

कुनै समय ठमेलमा ठमेल किचन नामक डान्सबार चलाउने नारायण श्रेष्ठको सिफारिसमा उनले जिल्लाका डीएसपीको सरुवा गर्न लागेका छन् । जिल्लाका डीएसपी कुमोध ढुंगेलले नारायण श्रेष्ठलाई सहयोग नगरेपछि उनलाई सरुवा गर्न लागिएको हो ।

मन्थलीमा अस्पताल चलाएर बसेका नारायण श्रेष्ठ रमेश बाहुनसँग मिलेर पछिल्लो समय गुन्डागर्दीमा संलग्न रहेको बताइन्छ । हाल गृहराज्यमन्त्री भएका श्याम श्रेष्ठ उनका निकटस्थ व्यक्ति हुन् । त्यसकारण दुवै जना मिलेर नयाँ डिएसपीको खोजीमा लागेका छन् ।

सकेसम्म आफ्नै थर भएका डीएसपी रामेछाप लैजाने भन्दै केहीलाई भेटेर प्रस्ताव समेत राखिसकेको स्रोत बताउँछ । गृह राज्यमन्त्री भएपछि उनले होटलमै बसेर सचिवालय चलाएका थिए । स्वयम्भुको पिस होटलमा बसेर उनले प्रहरी तथा दलालहरुलाई भेट्ने गरेको स्रोत बताउँछ ।

गृह राज्यमन्त्री श्रेष्ठ सुरुदेखि नै कमाईमा केन्द्रित भएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । गुन्डागर्दी पृष्ठभूमिका व्यक्तिसँग मिलेर प्रहरी प्रमुख परिवर्तन गर्न खोज्नुले पनि उनको असली चरित्र बाहिरिएको छ ।

स्रोतः नेपालपाटी

फेसबुकबाट कमेन्ट गर्नुहोस्