सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमालेमाथी आक्रमण भए निर्वाचन स्थगितः आयोग

पछिल्लो समय मधेशमा एमालेमाथि आक्रमण र अबरोध बढ्न थालेपछी निर्वाचन आयोगले यस्ता कार्य जारी रहे त्यस्ता ठाउँमा स्थानीय तहको निर्वाचन स्थगित गर्ने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले यसबारेमा सरकार र राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई जानकारी समेत गराइसकेको बताएका छन् ।

पछिल्लो समयमा राजपा कार्यकर्ताले एमालेका चुनावी र्याली, भेला र बैठकहरुमा अवरोध जारी राखेपछि आयोग यस गम्भीर भएको हो ।

मंगलबार मात्रै जनकपुरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालमाथि आक्रमणको प्रयास भएको थियो ।

प्रमुख आयुक्त अयोधीप्रसाद यादवले माधव नेपाल माथिको आक्रमण र एमालेका कार्यक्रममा भइरहेको अवरोधबारे निर्वाचन आयोग गम्भीर बनेको बताएका छन ।

चुनावी कार्यक्रम बिथोल्ने र अवरोध तथा निषेध गर्ने कार्यमा उम्मेदवार प्रत्यक्ष संलग्न भएको पाइएमा उम्मेद्वारी रद्द हुन पनि सक्ने उनले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्