सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्यानडामा हुने भयो ‘हिमालयन नेपाली मेला’

गोकर्ण लामिछाने, टोरोन्टो । क्यानाडाकै ब्यस्त शहर टोरोन्टोमा नेपाली मेला हुने भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा गरिसकिएको आयोजक संस्थाले बताएको छ ।

टोरोन्टोस्थित नेपाली समुदायको पुरानो संस्था नेप्लिज क्यानेडियन कम्युनिटिज सर्भिस (एनसीसीएस)ले आउंदो शनिबार दिउँसो टोरोन्टोस्थित फिलिप स्क्वायरमा ‘हिमालयन मेला’ गर्न लागेको हो ।

मेलामा नेपालको लोकसंस्कृती झल्कने झाँकी, बिभिन्न सांस्कृति प्रस्तुती, नाटक, गीत तथा नृत्य देखाइने छ । मेलामा नेपाली खाना तथा परिकारहरुको स्वाद लिन सकिने छ ।

कार्यक्रममा चर्चित पप गायक निमा रुम्बाको बिशेष प्रस्तुती रहने छ भने क्यानाडामा रहेका स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुतीहरु देखाउने छन् ।

नेपालको मौलिक परम्परा, पर्यटन र लोक संस्कृतीको प्रचार–प्रसार र प्रबद्र्धन गर्न प्रवासमा यस्तो कार्यक्रम आयोजना गरिएको एनसीसीएसका महासचिव तथा गायक बुद्दीसागर बस्यालले बताएका छन ।

गायक बस्यालले भने–‘नेपाल चिनाउने अभियानमा जुटेका छौं । हामी प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्ने प्रयास हो नेपाली मेला ।’

टोरोन्टोमा हरेक वर्ष हिमालयन मेला हुँदै आएको छ । एनसीसीएसले आयोजना गर्ने यो ११ औं हिमालयन मेला हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्