सिटी एक्सप्रेसबाट पैसा पठाउनुहोस, कार जित्नुहोस
नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न तिन महिने ‘उत्सवएक्सप्रेस’ उपहार योजनाको घोषणा गरेको छ ।
सिटी एक्सप्रेसले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उपहार योजना सार्वजनिक गरेको हो । उपहार योजना अन्र्तगत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, र किरिङ उपहार स्वरुप जित्न सक्नेछन् ।
सिटी एक्सप्रेस प्रा.ली.का प्रबन्ध निर्देशक चन्द्र टण्डनका अनुसार साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाईल र हरेक महिना लक्की ड्र मार्फत विजयी हुने एक जनालाई एल.जी. रेफ्रिजेरेटर उपहार प्रदान गरिने छ ।
उपहार योजना घोषणा कार्यक्रममा प्रा.ली.का ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्देश कटुवालले एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल. कार जित्न सक्ने जानकारी दिएका छन ।
कटुवालका अनुसार दैनिक, साप्ताहिक तथा मासिक उपहार विजेताहरु समेत बम्पर उपहारका लागि दाबेदार हुनेछन । यो अफर भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म लागु हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन पाउनेछन ।
सिटी एक्सप्रेस जापानले पनि ९० दिनसम्म चल्ने यो उपहार योजनामा सहभागी हुन जापानबासी सम्पुर्ण नेपालीहरुमा आग्रह गरेको छ । सिटी एक्सप्रेस जापानका अनुसार भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म जापानबाट पैसा पठाउने सेवाग्राही पनि यो योजनामा सहभागी हुनेछन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्