सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्तर कोरीयाले फेरी हाइड्रोजन बम पड्कायो

जापानको आकासमाथीबाट क्षेप्यास्त्र परिक्षण गरेको घटना सेलाउन नपाउँदै उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा गरेको छ । उसको दाबी छ कि, यो बमलाई मिसाइलमा लोड गर्न सकिन्छ ।

दक्षिण कोरियाली सरकारी समाचार सेवा योनहृयापका अनुसार उत्तर कोरियाले आइतबार परीक्षण गरेको बम जापानको नागासाकी शहरमा सन् १९४५ मा खसालिएको बमभन्दा ४/५ गुणा शक्तिशाली छ ।

दक्षिण कोरियाको रक्षा मामिलाको संसदीय समितिका प्रमुख किम युंग वूले सैन्य सूत्रलाई उद्धृत गर्दै भनेका छन् कि आइतबार गरिएको परीक्षणा गत वर्ष गरिएको पाँचौ परीक्षणभन्दा निकै शक्तिशाली छ ।

सेप्टेम्बर २०१६ मा गरिएको परीक्षणबाट १० किलोटन उर्जा उत्पन्न भएको थियो । किम यंग ले भनेका छन, ‘उत्तर कोरियाको परीक्षणले लगभग नौ किलोटन ऊर्जा उत्पन्न भएको छ । यद्यपि यो प्रारम्भीक रिपोर्ट मात्र हो ।’

उत्तर कोरियाले यसअघि २००६, २००९, २०१३ र २०१६ मा परमाणु बमको परीक्षण गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्