नेपालले ५ हजार ७ सय मेगावाट विजुली बेच्ने
आफै त महादेव उत्तानो पर, कसले देला बर हो कि कुन्नी के भनेझैँ आफै चर्को लोडसेडिङ्ग भोगीरहेको बेला सरकारले पाँच बर्षपछी विद्युत निर्यात गर्ने महत्वकांक्षि योजना सार्वजनिक गरेको छ । हाल भारतबाट ३ सय मेगावाट विद्युत आयात गरिरहेको सरकाले ५ बर्षभित्र उसैलाई ५ हजार ७ सय मेगावाट विजुली बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।
सरकारको काम गर्ने शैली र सञ्चालित आयोजनाहरुको अवस्था हेर्दा सरकारी योजना र लक्ष्य असफल हुने निश्चितप्राय देखिएको छ । सञ्चालीत विद्युत आयोजनाहरुमा भईरहेको ढिलासुस्ती र पटक पटक हुने बन्द हड्तालले सरकारको यो महत्वकांक्षि योजना पनि प्रभावित हुने देखिन्छ ।
सन् १९९७ मा उर्जा व्यापार सम्झौता (पिटिए) गरेर भारतलाई विजुली बेच्ने योजना बनाउँदै आएको नेपालले अबको २० बर्षभित्र २ सय ८३ जलविद्युत आयोजना निर्माण गरी २४ हजार ९ सय मेगावाट विजुली बिक्री गर्ने लक्ष्य राखेको छ । नेपालले सन् २०२१ र २२ देखि ५ हजार ७ सय मेगावाट विद्युत बिक्री गर्ने लक्ष्य राखेको हो ।
पछिल्लो पटक उर्जा व्यापार सम्झौता कार्यान्वयनका लागि गठित सचिव स्तरीय संयन्त्रको हालै सम्पन्न बैठकबाट स्वीकृत अन्तरदेशीय प्रसारण लाइन गुरूयोजना अनुसार विद्युत व्यापारको लक्ष्य राखिएको हो । जसअनुसार ५ वर्षपछिको वर्षको अफपिक आवर (राति १२ बजेपछि) नेपालले आफूलाई बढी भएको ५ हजार ७ सय मेगावाट विजुली बिक्री गर्नेछ ।
योजना अनुसार समयमै विद्युत आयोजना पुरा भएमा बर्षायाममा पिक आवरमा ४ हजार ५ सय र हिउँदको पिक आवरमा ५ सय मेगावाट बिजुली नेपालले भारतलाई बेच्नेछ । सरकारले यस अवधिमा १ सय ६८ जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ । यदी योजना अुनसार काम भएमा अबको पाँच बर्षमा नेपाल पुर्ण रुपमा लोडसेडिङ्गमुक्त भई विद्युत निर्यातकर्ता देश बन्नेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्