सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अनिताको उपचारका लागी जापानबाट आर्थिक सहयोग

करिब ६ महिना अघि आगोले पोलिएर थला परेकी पोखराकी अनिता धौलाकोटीको उपचारका लागी जापानबाट आर्थिक सहयोग संकलन गरी पठाईएको छ । जापानमा बस्दै आएका सागर गुरुङ(दिल)को पहलमा अनिताको उपचारका लागी आर्थीक सहयोग संकलन गरी पठाईएको हो ।

खाना पकाउने स्टोभ लिक भई आगलागी हुँदा पोलिएको भनिएकी पोखरा–१, बगरकी १७ बर्षिया अनिता धौलाकोटी आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा घरमै थलिएर बसेकी थिईन । सुरुमा उपचारका लागी गण्डकी क्षेत्रिय अस्पताल गएको र घाउ अलि सञ्चो भएको र आर्थिक अभाबका कारण डिस्चार्ज भएपनि पछी घाउ बल्झिएको थियो ।

अनिताको हाल काठमाण्डौस्थित सुश्मा कोईराला मेमोरीयल अस्पतालमा उपचार भईरहेको बताइएको छ । आगोले पोलिएर उपचार नपाई थला परेको थाहा पाएपछी जापानबाट सागर गुरुङले साथीभाईको सहयोगमा सकेको आर्थिक सहयोग संकलन गरी पठाएका हुन ।

अनिताको उपचारका लागी जापानबाट बिपन गुरुङले २०००, टिटेन गुरुङले २०००, बिशाल गुरुङले १०००, शौगात गुरुङले १५५५, अनील थापाले ५०००, सुरेन्द्र दाहालले १०००, छिरीङ तामाङले २०००, सुबास गुरुङले ५०००, धमेन्द्र पुनले १०००, सरन पुनले ५०००, शिद्धार्थ गुरुङले २०००, हिरा गुरुङले २०००, सागर गुरुङ ५,५५५ येन सहयोग गरेका छन ।

त्यस्तै भेषम न्यौपानेले ५०००, प्रदिप अधिकारीले ५०००, अर्पणबाबू सूबेदीले ३०००, बोम गुरुङले २०००, अर्जुन मगरले २०००, युबराजजंग केसीले ५०००, बिकाश रानाभाटले २०००, सोनम राईले २००० र रुपेश घिमीरेले १५,००० येन सहयोग गरेको सागर गुरुङले जानकारी दिएका छन ।

सहयोग संकलन पहलकर्ता सागर गुरुङका अनुसार अनिताको उपचारका लागी सबैभन्दा धेरै लमजुङ घर भई हाल टोकियो बस्दै आएका रुपेश घिमिरेले १५ हजार येन सहयोग गरेका छन । गुरुङले उपलब्ध गराएको विवरण अनुसार अनिताको उपचारका लागी जम्मा ७६११० येन आर्थिक सहयोग संकलन भएको छ ।

सहयोग संकलन लागी पहल गर्ने सागर गुरुङले अनिताको उपचारका लागी आर्थिक सहयोग गरेर उनको अमुल्य जीबन बचाउने सबैलाई अनिताको तर्फबाट र आफ्नो तर्फबाट धन्यवाद व्यक्त गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्