कुर्सी, टेबुल, कर्मचारी, भवन, शौचालय आधाआधा
जिल्ला बिभाजन भएपछी संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवलपरासी र रुकुमको जिल्ला विकास समितिलाई भवनदेखि स्रोतसाधन सबै आधा–आधा बाँडेर काम गर्न निर्देशन दिएको छ ।
प्रदेश नं. ४ र ६ मा परेपछि रुकुम पूर्वी र पश्चिम गरी दुई भागमा बाँडिएको छ भने प्रदेश नं. ४ र ५ मा परेपछि नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिम भनेर बाँडिएको छ ।
सरकारले चार वटा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेपछि स्थानीय विकास मन्त्रालयले साविकको जिविसको साधन स्रोत, कर्मचारी र भवन आधा–आधा गर्न भनेको हो ।
मन्त्रालयले जिसस रुकुमको कार्यालय भवन विभाजन गरेर रुकुम पूर्वी र पश्चिमको जिसस चलाउन भनेको छ । यस्तै नवलपरासीको कार्यालय भवन विभाजन गरेर बर्दघाट सुस्ता पूर्व र पश्चिमको कार्यालय चलाउन भनेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्