सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्तर कोरीयाको क्षेप्यास्त्र परीक्षणप्रति नेपालको भर्त्सना

भदौ ३० मा उत्तर कोरीयाले गरेको क्षेप्यास्त्र परीक्षणको नेपाल सरकारले घोर भर्त्सना गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले उत्तर कोरीयाको क्षेप्यास्त्र परीक्षण कार्य संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्प विपरित भएको बताएको छ ।

परराष्ट्रद्वारा जारी विज्ञप्तिमा सुरक्षा परिषद् र अन्र्तराष्ट्रिय समुदायको बारम्बारको चेतावनीका बावजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण कायम राख्नु निन्दनीय कार्य भएको बताइएको छ ।

विज्ञप्तिमा नरसंहारका लागि प्रयोग हुने हातहतियार निःशस्त्रीकरण गर्नुपर्ने सिद्धान्तमा नेपाल सँधै अविचलित रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–‘नेपालले कोरियाली प्रायःद्विपमा शान्ति र स्थिरता चाहेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्