सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेला पार्यो पुलीसले ८८ किलो सुनका मालिक

गत भदौ १७ गते प्रहरीले पक्राउ गरेको ८८ केजी सुनका मालीक चिनियाँ नागरीक रहेको खुल्न आएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सो सुन चिनियाँ नागरिक पान विई मिङ र याङ वेन विङको भएको खुलेको छ ।

मिङ दम्पत्तिले क्षेत्रपाटीमा काठमाडौं वान होटल सञ्चालन गर्दै आएका छन् । यो सुन तस्करीमा मिङ दम्पत्ति संलग्न देखिएको महाशाखाका एसपी नरेशप्रसाद उप्रेतीले बताएका छन ।

सोही सुन काण्डमा काठमाण्डौ न्युरोडका ५ जना सुन व्यवसायी मुछिएका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार सुनकाण्डमा व्यबसायीहरुको पनि सम्लग्नता देखिएपछी उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रहरीले रन्जना ट्रेड सेन्टरमा रहेको कार्य विनायक सुनचाँदी गहना पसलका संचालक गणेश दत्त, रविश्याम ट्रेडर्सका संचालक सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसलका संचालक शुभरत्न शाक्य, उल्लास दिनकर र नन्दकुमार मर्गलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले गत भदौ १७ गते काठमाडौंको क्षेत्रपाटीबाट पार्कीङमा राखेको गाडीबाट ८८ किलो सुन बरामद गरेको थियो । सो सुन चीनको केरुङ हुदैँ काठमाडौं आएको थियो । सुन चिनियाँ नागरिकले नेपालसम्म ल्याइदिएको र सुन मालिकहरु उनीहरु नै हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

अन्य सुन व्यवसायीहरु पनि छानबिनको दायरामा रहेको अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताएका छन । उनीहरुको सुन पसलमा राजश्व अनुसन्धान विभाग, पुल्चोकबाट खटिएको टोलिले स्रोत नखुलेको रकम समेत भेटेको छ ।

प्रहरीले गणेश दत्तको विनायक गहना पसलबाट ११ लाख, शाक्यको सुनचाँदी पसलबाट १ करोड ४२ लाख र अग्रवालको डेरा कोठा खानतलासी गर्दा १३ लाख ५० हजार बरामद गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्