सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जितपुरसिमरा उपमहानगरपालिकामा एमाले विजयी

प्रदेश नम्बर २ को जारी मतगणनाको परिणाम अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रदेश नं. २ का तीन उपमहानगरपालिकामध्ये पहिलो उपमहानगरपालिको परिणाम एमालेको पोल्टामा गएको हो ।

मुलुकको कान्छो उपमहानगरपालिका भनेर चिनिने जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा एमालेका युवा नेता डा.कृष्ण पौडेल १४८६५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णव्रत सिंहले १२०४३ मत पाएका थिए ।

उपमेयरमा पनि एमालेकी सरस्वती चौधरी १४ हजार ४५९ मत प्राप्त गरी बिजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्धी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरेकी छिन् । त्रिपक्षीय प्रतिस्पर्धामा रहेका माओवादीका मेयर उम्मेदवार राजन पौडेलले ११ हजार २४८ मत प्राप्त गरेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिकाको विजयसँगै बारामा एमालेले जितको खाता खोलेको छ । बाराको अर्को उपमहानगरपालिका कलैया र कोल्बी नगरपालिकामा पनि एमालेले नै अग्रता लिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्