सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्तो छ प्रदेश नं.२ का १२० तहको मतपरिणाम

प्रदेश नम्बर २ को स्थानिय तहको नतिजा अन्तिम चरणतिर पुगेको छ । आज बुलेका सम्म महानगर वाहेक सबै ठाउँको नतिजा आइसक्ने निर्वाचन आयोगको दावी छ ।

१ सय ३६ स्थानीय तह रहेका प्रदेश नम्बर २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौँ दिन आइतबार बिहान ६ बजेसम्म १ सय २० स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।

असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो । तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।

दोस्रो स्थानको संघीय समाजवादी फोरमको २२, माओवादी केन्द्रको २०, राजपाको २०, एमालेले १५, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्