चीनलाई समेत बिबादमा तान्दै भारत
नेपालको आन्तरीक मामीलामा नांगो हस्तक्षेप गरिरहने भारतले अब चीनलाई समेत मुछेर बिवादको नयाँ श्रृंखला सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले सरकार परिवर्तनमा भारतको संलग्नता रहेको अभिव्यक्ति दिईरहेका बेला भारतले नेपालमा आफूले नभई चीनले हस्तक्षेप गरेको आरोप लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हस्तक्षेपविरुद्ध लड्ने बताएको भोलिपल्टै भारतले यस्तो प्रतिक्रिया दिएको हो । भारतीय पत्रिका ‘दि हिन्दु’ले भारत सरकारको उच्च स्रोतको हवाला दिँदै लेखेको छ–‘ओली सरकारलाई बचाउन भारतीय होइन, चिनियाँ अधिकारीहरुले नेपालमा सबै पार्टीलाई भेटिरहेका छन् ।’
‘दि हिन्दु’ले लेखेको समाचारमा उल्लेख गरे अनुसार ओली सरकार ढाल्न भारतले कुनै भूमिका नखेलेको ती अधिकारीले दाबी गरेका छन् । वलीले काम गर्न नसकेको र सत्ता साझेदार दलले नै समर्थन फिर्ता दिएको भन्दै भारतीय अधिकारीले भनेका छन–‘तर, संसदमा बहुमत गुमाए पनि उनले सत्तामा बसिरहन चाहेका छन् । र, त्यहाँ (नेपालमा) चिनियाँ हस्तक्षेप भएको छ र उनीहरुले संसदमा बहुमत र्पुयाउने कोशिश गरिरहेका छन् ।’
नौ महिना अघि माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । तर, अहिले माओवादीले नै समर्थन फिर्ता लिएर सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रधानमन्त्री ओलीले सरकार परिर्वतनको खेल स्वचालित नभई ब्याट्रीबाट चलेको भन्दै भारतीय संलग्नताको संकेत गरेका छन् ।
तर, भारत सरकारका उच्च अधिकारी भन्छन–‘ओली सरकारले राष्ट्रवादको नारा दिइरहेको छ तर, राष्ट्रवाद भनेको पहाडका मानिस मात्र होइन, मधेसीका दुई तिहाइ मात्र होइन, ती तीन चौथाई माग नै पूरा गर्न सकिन्थ्यो । ओलीले यसबारे काम गर्न पनि चाहेका थिए । तर, चीनले हस्तक्षेप गर्यो ।’









फेसबुकबाट कमेन्ट गर्नुहोस्