प्रदेश नं. २ मा बिहान ७ बजेसम्मको मतपरिणाम
स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १३० स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ । १ सय ३६ तहमध्ये अब ६ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ । बाँकी तहमा मतगणना जारी छ ।
अहिलेसम्म नेपाली कांग्रेस ३७ स्थानीय तहमा विजयी भएको छ । संघीय समाजवादी फोरम २५ तहमा विजयी भएको छ भने राजपा २४ स्थानीय तहमा विजयी भएको छ ।
माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी हुँदा नेकपा एमाले १७ तहमा विजयी भएको छ । लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएको छ ।
अब बाँकी रहेको ६ स्थानीय तहमा नेकपा एमाले र संघीय समाजवादी फोरम २–२ तथा नेपाली कांग्रेस र माओवादी केन्द्र १–१ स्थानमा अग्रता लिएक छन् ।
को कहाँ अगाडि
कांग्रेसले अग्रता लिएका स्थानीय निकाय
बाराः बारागढी गाउँपालिका देवदत्त बछारु थारु
माओवादीले अग्रता लिएका स्थानीय निकाय
धनुषाः सबैला नगरपालिका अक्षयलाला यादव
एमालेले अग्रता लिएका स्थानीय तह
बाराः कलैया उपमहानगरपालिका विनोद शाह
बाराः कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान
सप्तरीः राजबिराज नगरपालिका भिमराज यादव
पर्साः वीरगञ्ज महानगरपालिका विजय कुमार सरावगी
फेसबुकबाट कमेन्ट गर्नुहोस्