सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पृथ्वीनारायण शाह नेपाल देश निर्माणका नायक

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले पृश्वीनारायण शाह राष्ट्र निर्माणका नायक भएको बताएका छन् । लक्ष्मण पन्तको ‘आधुनिक नेपालको इतिहास’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै नेता ज्ञवालीले पृश्वीनारायण शाहले गरेको योगदानका आधारमा उनी नायक भएको बताएका हुन् ।

पुस्तकको टिप्पणी गर्दै उनले पृश्वीनारायण शाहको योगदानको तुलनामा त्यतिवेलाका ज्यादतीहरु गौण भएको बताएका थिए । ‘ब्रिटिसहरुबाट नजोगाएको भए देश रहन्थ्यो कि रहँदैन्थ्यो, उनलाई आजको आँखाले हेर्ने होइन,’ उनले भने,’ योगदान भन्दा ज्यादती गौण कुरा हो ।’

नेपालको इतिहासको गलत बुझाई अहिले पनि कायम रहेको भन्दै नेता ज्ञवालीले पृश्वीनारायण शाहलाई अहिलेको आँखाले नभई तत्कालीन अवस्था र परिस्थितिका आधारमा हेरिनुपर्ने बताएका थिए ।

दुई ठूला देशहरु चीन र भारतको बीचमा रहेको नेपाल सानो छैन भन्ने प्रमाण पृश्वीनारायण शाहले दिएको र लेखक पन्तले त्यसको सही विश्लेषण गरेको नेता ज्ञवालीले टिप्पणी गरेका छन ।

कार्यक्रममा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्माले पुस्तकमाथि टिप्पणी गर्दै इतिहासको गलत बुझाई र भ्रमलाई लेखकले प्रस्ट पारिदिएको बताएका छन । शर्माले इतिहासको पूर्वाग्रही मूल्याङकन गरिएको भन्दै लेखक पन्तले इतिहासको मूल्याङकनलाई बहसमा ल्याइदिएको बताए ।

यो पुस्तकमा नेपालको १७४३ देखि १९५५ सम्मको इतिहासको मूल्याङकन तथा केही समीक्षा गरिएको छ । पुस्तक ऐतिहासिक भौतिकवाद प्रबृत्ति, दृष्टिकोण र मान्यतामा रहेर लेखिएको छ । आदर्शवादी प्रबृत्ति, दृष्टिकोण र मान्यतालाई पुस्तकमा प्राथमिकता दिइएको छैन् ।

खासगरी पुस्तकमा भौतिकवादी दृष्टिकोणमा रही जनताको आँखाबाट इतिहासको मूल्याङकन गरिएको लेखक तथा माओवादीका सचिवालय सदस्य पन्तले बताएका छन ।

इतिहासको मूल्याङकन शासक र बैदेशिक शक्तिको भावना अनुरुप गरिने र सोही अनुसारका पुस्तक लेखिने गरेको भन्दै आफूले इतिहासको सही मूल्याङकनको लागि बहस सुरु गर्ने प्रयास गरेको बताए ।

पुस्तकमा मुख्य गरी आधुनिक नेपाल निर्माणका लागि पृश्वीनारायण शाहको भूमिका, जंगबहादुरको भूमिका लगायतका विषयमा समीक्षा गरिएको छ ।

पुस्तकमा पृश्वीनारायण शाहदेखि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदासम्मका इतिहासलाई समेटिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS