सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लाइसेन्सको शुल्क दोब्बर भन्दा बढि वृद्धि

यही साउन २ गतेदेखि लागू हुनेगरी यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को शुल्कमा दोब्बर भन्दा बढि वृद्धि गरेको छ । विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर, नयाँ अनुमतिपत्र, नवीकरण र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुनेगरी लाइसेन्स लिनका लागी भर्नुपर्ने लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको छ । यसअघि दुई पांग्रे (बाईक र स्कुटर) सवारी साधनको लाईसेन्स लिँदा र नवीकरण गर्दा ७ सय लाग्ने गरेको थियो तर अबदेखी नयाँ शुल्क १५ सय रुपैयाँ तिर्नुपर्ने छ ।

Driving Licence Smart

कार, जिप, डेलिभरी भ्यानको १ हजारबाट बढाएर २ हजार रुपैयाँ बनाईएको छ । त्यस्तै मिनीबस र मिनी ट्रकको १५ सयबाट बढाएर २५ सय रुपैयाँ र ठूला सवारी साधनको शुल्क २ हजारबाट बढाएर ३ हजार रुपैयाँ कायम गरीएको छ ।

यसअघि प्रतिलिपी लाईसेन्स लिँदा १ सय रुपैयाँ लाग्ने गरेकोमा बढाएर अब ५ सय रुपैयाँ लागु गरिएको छ । सवारी चालक अनुमति पत्र वितरणलाई व्यवस्थित बनाउन नयाँ शुल्क कायम गरिएको यातायात व्यवस्था विभागले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्