बांगेमोड दुर्घटनामा ३१ को मृत्यु, चालकको गल्ती
शनिबार बिहान ६ बजेतिर धादिङको गजुरी गाउँपालिका वडा नं. ५ बांगेमोडमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । दुर्घटना भएको ना ६ ख १४६७ नम्बरको रात्री बस त्रिशुली नदीमा खसेर डुबेको बताईएको छ ।
नदीमा खसेको सो बस सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको थियो । बसमा अन्दाजी ५० जना भन्दा बढी यात्रु सवार भएको घाईतेहरुले बताएका छन । मृतकहरुमध्ये १२ जनाको सनाखत भएको छ भने बाँकीको सनाखत हुन बाँकी छ । मृत्यु हुनेको संख्या अँझै बढ्ने अनुमान गरिएको छ ।
मृतक मध्ये ९ जना जना महिला र १२ जना पुरुष रहेका छन भने ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिएका छन । दुर्घटनामा १६ जना घाइते भएका छन । गम्भीर घाईते २ जनालाई काठमाण्डौको ट्रमा सेन्टर पठाईएको छ । अन्य १४ जना घाईतेको गजुरी अस्पतालमा उपचार भईरहेको छ ।
चालकले मादक पदार्थ सेबन गरेको र तिब्र गतिमा चलाएका कारण उक्त बस दुर्घटना भएको घाईतेहरुले बताएका छन । दुर्घटनामा मृत्यु हुनेहरु अधिकांश दिपावली र छठ मनाएर आपनो काममा फर्किरहेकाहरु भएको पाईएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्तीमा शनिबार बिहानैदेखि रुवावासी छ । तिलाठीका पंडित रमानाथ झाका २ छोरा, बुहारी, २ नातिसहित परिवारका ६ जनाको उक्त घटनामा मृत्यु भएको छ ।
मृतकमध्ये सनाखत भएका १२ जनाको नामावली;
नरेश मुखिया – सप्तरी (गाडीका सहचालक)
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा – सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी
चन्द्ररेखा प्रमाणी – सप्तरी
मन्जित कुमार झा – सप्तरी
चन्द्रावती झा – सप्तरी
फेसबुकबाट कमेन्ट गर्नुहोस्