सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यौन सम्बन्ध खुल्ने डरले १३ बर्षिय भाईको हत्या

कर्जन्हा नगरपालिका २ बन्दिपुरमा यौन सम्बन्ध लुकाउन १३ वर्षीया बालक भवेश यादवको हत्या गरिएको घटना सार्वजनिक भएको छ । हत्याका अभियुक्त १४ वर्षीय संजयकुमार साह र १६ वर्षीया प्रियङ्का यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार प्रियङ्का मृतक भवेश यादवकै ठूलो बुबाकी छोरी हुन् । संजय धनुषा धनौजीकट्टी ५ का नथुनी साहका छोरा हुन् । उनी कर्जन्हा नगरपालिका २ स्थित मामा नविन साहको घरमा बसेर पढ्दै छन् । मृतक भवेश र संजय गाउँमा जहिल्यै सँगसँगै खेल्ने गर्थे ।

‘कार्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियङ्कासँग संजयले यौन सम्पर्क राखेका थिए’, प्रहरी नायब उपरीक्षक गज्जुसिद्धी बज्राचायले भने, ‘यौन सम्पर्क राखेको दृष्य भवेशले देखेका थिए । त्यसैले अरुलाई सुनाइदिन्छ कि भनेर प्रियंका र संजयले उनको हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।’

प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजनिक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।

भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छाँैं तिमीलाई पनि दिन्छौंँ, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्