गुल्मीको बिरबासमा माईक्रो दुर्घटना, ७ को मृत्यु
बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको माइक्रो बस गुल्मीको बिरबासमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । बा४ख ५५०१ नम्बरको माईक्रो बस सोमबार बिहान गुल्मीको दरबार गाउँपालिका–४ मा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागी तानसेन पठाईएको छ ।
माईक्रो बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटेको थियो । माईक्रोले बिच बाटोमा अरु यात्रु पनि हालेको घाईतेहरुले जनाएका छन । दुर्घटनामा मृत्यु भएका र घाइतेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीय बासीन्दाको पहलमा उद्धार तथा खोजी कार्य भईहरेको छ । रिडी–तम्घास सडक खण्डमा माइक्रो अर्को गाडीसँग ठोक्किएको थियो । लु१च ४५२२ नम्बरको गाडीसँग ठोक्किँदा माइक्रो ४ सय मिटर तल खसेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्