देउवा पत्नी आरजु कैलाली ५ बाट चुनाब लड्ने
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी नेतृ आरजु राणा देउवा कैलालीबाट प्रत्यक्ष चुनाव लड्ने भएकी छन् । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेतृ आरजु राणा चुनाव लड्न लागेको कैलाली ५ दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा विजयी भएको क्षेत्र हो । दुई मध्ये एक क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधान अनुसार देउवाले कैलाली ५ छाडेका थिए ।
उपनिर्वाचनमा पनि सो क्षेत्रबाट कांग्रेसकै पुष्करनाथ ओझा निर्वाचित भएका थिए । यस्तै कांग्रेस संसदीय समितिले नेतृ अम्बिका बस्नेतलाई काठमाडौं क्षेत्र नम्बर ३, डिना उपाध्यायलाई मकवानपुर २ र सीता गुरुङलाई तेह्रथुमबाट चुनाव लड्न सिफारीस गरेको छ ।
संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द्र केसी, सुर्खेत २ मा हृदयराम थानी र सल्यानमा राजेन्द्रबहादुर शाहलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्