सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा शरणार्थी आवेदनमा व्यापक फेरवदल

नक्कली शरणार्थी बढ्दै गएको भन्दै जापान सरकारले शरणार्थी आवेदनको प्रक्रियामा व्यापक हेरफेर गर्ने भएको छ । जापान सरकारको यो कदमले नक्कली कागजात र कारण देखाई शरणार्थी आवेदन दिएकाहरु र दिनेलाई प्रत्यक्ष असर पर्ने भएको छ । कानुन मन्त्रालयको नयाँ नियमले नेपालीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुनेछन ।

बिभिन्न भिसामा जापान प्रवेश गर्ने र झुठो कारण पेश गरी शरणार्थी आवेदन दिनेहरुको संख्या बढ्दै गएपछी न्याय मन्त्रालयले नयाँ नियम जारी गरेको हो । यसअघि शरणार्थी आवेदन दिएको ६ महिना पुगेपछी सामान्यतया काम गर्ने अनुमति दिँदै आएकोमा अब शरणार्थी आवेदनमाथी दुई महिनामै अध्ययन गरी शरणार्थी हो होईन भनी टुंग्याउने न्याय मन्त्रालयको तयारी रहेको छ ।

न्याय मन्त्रालयको नयाँ नियम अनुसार शरणार्थी आवेदन दिएको २ महिनामा आवेदनमाथी छानबिन गरी ४ भागमा बर्गिकरण गरिनेछ । जबकी यही प्रक्रिया पुरा गर्न हाल १० महिना समय लाग्दै आएको थियो ।

आवेदन जाँचबुझमा शरणार्थी बन्न योग्य ठहरीएमा जतिसक्यो चाँडो शरणार्थी मान्यता प्रदान गरी काम गर्न अनुमति प्रदान गरिनेछ । जाँचबुझका क्रममा नक्कली कागजात तथा झुठा कारण देखाएको ठहरीएमा र एक पटक भन्दा बढि आवेदन दिनेलाई ईमिग्रेसनको बन्दी गृहमा राखिनेछ ।

जापानी संचार माध्यमहरुले जनाए अनुसार चाडोमा यसै नोभेम्वरबाट यो नियम लागु गर्ने जापान सरकारको तयारी छ । नयाँ नियम लागु भएसंगै बर्षेनि १० हजार वर्क परमिट पाउनबाट बञ्चित हुनेछन भने शरणार्थीको संख्या १ प्रतिशतमा झर्ने कानुन मन्त्रालयको आँकलन छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्