सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नर्स डोल्माको हत्या आशंकामा २ जना पक्राउ

गत असार २८ गते ललितपुरमा मृत भेटिएकी नर्स डोल्माको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले छानविनका लागी दुई जनालाई पक्राउ गरेको छ । नर्स निमा डोल्मा लामा कुमारीपाटीस्थित किष्ट पोलिकिल्निकमा मृत अवस्थामा भेटिएकी थिईन ।

प्रहरीले हत्या भएको हुनसक्ने भन्दै किष्ट पोलिक्लिनिकमा कार्यरत उमेश कुमार शाह र देवकुमार शाहलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । कोठामा झुण्डिएको अवस्थामा भेटिएको भनिएकी डोल्माको मृत्यु रहस्यमय देखिएपछि घटनाको गम्भीर रुपमा छानविन सुरु गरेको एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभएको छ ।

ललितपुर प्रहरीका अनुसार पक्राउ परेकाहरुले लामाले झुण्डिएर आत्महत्याको प्रयास गर्दा आफुहरुले देखेपछि अस्पताल लगेको भन्ने बयान दिएका छन् । एसएसपि अधिकारीले भन्नुभयो–‘उनीहरुले नजिकैको अस्पताल नलगेर महारजगञ्जस्थित टिचिङ पुर्याएको देखिन्छ, त्यसमाथि उनीहरुले घटनाको बारेमा प्रहरीलाई पनि समयमै जानकारी गराएनन ।’

मृतक डोल्माको शव टिचिङ पुर्याएपछी त्यहाँका प्रहरीले ललितपुर प्रहरीलाई खबर गरेपछि मात्रै घटना सार्वजनिक भएको थियो । मृतकका आफन्तले पक्राउ परेका उमेश शाह र देवकुमार शाहले नै डोल्माको हत्या गरेको किटानि जाहेरी दिएका छन ।

प्रहरीले उमेशलाई २८ गते नै पक्राउ गरेको थियो भने शाहलाई गत शनिबार पक्राउ गरेको हो । प्रहरीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पोष्टमार्टमको रिपोर्ट अझै आइनसकेकाले प्रहरीले हत्या हो वा आत्महत्या हो भन्ने र्निक्यौल गर्न सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS