जापानमा भेटियो ९ ओटा शव टुक्राटुक्रा अवस्थामा
जापानमा राजधानी टोकियो नजिकै २७ बर्षिय एक युवाको कोठामा ९ जनाको शव भेटिएको छ । शवलाई विभत्स तरिकाले हत्या गरी टुक्रा टुक्रा पारेर राखिएको अवस्थामा फेला पारेको जापानी संचार माध्यमहरुले जनाएका छन ।
जापान प्रहरीले यस घटनालाई इतिहाँसकै एक क्रुर घटना भएको भन्दै घटना अकल्पनिय र अत्यासलाग्दो भएको बताएको छ । एनएचके टेलिभिजनका अनुसार ९ जनाको शवलाई टुक्राटुक्रा पारि राखिएको सो कोठाबाट २७ बर्षीय ताकाहिरो सिराइसी नाम गरेका जापानी युवालाई प्रहरीले पक्राउ गरेको छ ।
एनएचके टेलिभिजनमा प्रसारीत समाचार अनुसार सोमबार जामे सिटि सोमबार घटनास्थल पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हाचिओजीबाट बेपत्ता २३ बर्षिय युवतिको खोजि गर्ने क्रममा सो स्थान भेटिएको हो । बेपत्ता युवति गत हप्ताको मंगलबारबाट सम्पर्कविहिन भएकी थिइन् ।
बेपत्ता युवतीको खोजी गर्दै गएको प्रहरीले उक्त कोठामा तापक्रम मिलाउने एक एसि बक्समा दुई जनाको शव टुक्रा–टुक्रा पारीएको अवस्थामा भेटाएको थियो । कोठामा खानतलासी गर्दा अन्य ७ जनाको शव टुक्रा–टुक्रा पारी प्याक गरिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार बेपत्ता किशोरीले आफुले आत्महत्या गर्न लागेको भन्ने म्यासेज परिवारमा पठाएकी थिइन् । जुन सन्देश ९ जनाको शव टुक्रा टुक्रा पारि राखेको युवाको कोठा नजिकैबाट पठाएको देखिएको छ । मंगलबारबाट बेपत्ता युवती सोमबार उक्त कोठा नजिकैको हाचिओजि रेल स्टेशन अगाडी युवकसँगै देखिएको भिडियो फुटेजबाट पत्ता लागेको थियो ।
युवकको कोठामा भेटिएका ९ ओटा शवमध्ये ८ जना महिलाको र एक पुरुषको रहेको प्रहरीले जनाएको छ । तर गत हप्ता बेपत्ता भएकी युवती ति शव मध्ये हो वा होइन भन्ने परिक्षण हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भईरहेकाले पुर्ण विवरण परिक्षण पछी मात्रै आउने प्रहरीले बताएको छ ।
स्रोतः टपनेपालन्युज र एनएचके टेलिभिजन
फेसबुकबाट कमेन्ट गर्नुहोस्