लमजुङ्गमा १७ किलो सुनसहित पासाङ पक्राउ
एकपछी अर्को सुन तस्करी समात्ने क्रममा फेरी १७ किलो सुनसहित लम्जुङमा एक युवा पक्राउ परेका छन । गोरखाको लार्केबाट मनाङ हुँदै लम्जुङतर्फ लगिँदै गरेको १७ किलो सुन लम्जुङको खुदीमा बरामद भएको हो ।
झोलामा राखिएको सुनसहित बा ५८ प ४२९१ नम्बरको मोटरसाइकलमा सवार नासोङ गाउँपालिका ९ दानाक्यू मनाङका पासाङ लामालाई पक्राउ गरिएको प्रहरीचौकी खुदीका इन्चार्ज असई नमराज भट्टराईले जानकारी दिएका छन ।
खुदी चेकपोष्टमा चेकजाँच गर्न खोज्दा अटेर गरी भागेपछि लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लामाले गोरखा र तिब्बतको सीमानामा पर्ने लार्के भञ्ज्याङ हुँदै सुन ल्याएको प्रारम्भिक बयानमा स्वीकार गरेको असई भट्टराईले जानकारी दिएका छन ।
‘प्रारम्भिक बयान लिँदा लार्केबाट बेशीसहर र्पुयाउने मेरो जिम्मा थियो भनेर खुलाएको छ’ असई भट्टराईले भने ‘थप कुरा त अब खुल्नेछ ।’ सुनसहित लामालाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी भइरहेको असई भट्टराईले जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्